बुधबार, वैशाख १९, २०८१

अबको मिसन ‘सुशासन’ : मन्त्री गुरुङ

नेपालखोज २०८० जेठ १९ गते १९:२२

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताएका छन् । कांग्रेस प्रथम भीरकोट नगरसम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए । प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारवाही भएरै छाड्ने बताए । भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होईन बरु अनुसन्धान प्रक्रियामा सघाउने उनले बताए । नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दावी गर्दै यसकाबारेमा पढेर, बुझेरमात्रै गाउँ गाउँमा रहेका नागरिकलाई बुझाउन उनले आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, नगर तहका नेता कार्यकर्ताले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका थिए । rss

प्रतिक्रिया