शुक्रबार, वैशाख १४, २०८१

यी हुन् एमाले सचिवालय बैठकका निर्णय (पूर्णपाठ)

नेपालखोज २०८० जेठ १९ गते २१:३७

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको छ । अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजनको जिम्मा दिएको छ । 

बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव श्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र संगठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसाद पौडेललाई दिएको छ ।  

प्रतिक्रिया