आतंकवाद सम्बन्धि अदालतले दियो इमरान खानलाई १३ जुनसम्मको जमानत

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान शुक्रबार आतंकवाद विरोधी अदालत (एटीसी) मा हाजिर भएका छन् ।
अदालतले लाहोरको कोर्प्स कमाण्डर हाउसमा भएको हमलालगायत तीनवटा मुद्दामा उनको अग्रिम जमानत जुन १३ सम्म बढाएको छ ।
खान कडा सुरक्षाबीच एटीसी लाहोरमा हाजिर भएका थिए । उनले आफ्नो ज्यानमा गम्भीर खतरा रहेको अदालतमा दोहोर्याएका छन् ।
पीटीआई कार्यकर्ता जिले शाहको हत्या मुद्दामा आफ्नो जमानतको म्याद थप गर्न पीटीआई पार्टीका अध्यक्ष खान लाहोर उच्च अदालतमा उपस्थित भएका थिए । उक्त मुद्दामा उच्च अदालतले उनको जमानत जुन १३ गतेसम्म थप गरेको छ ।
‘न्यायाधीश एजाज अहमद बुट्टरले जिन्ना हाउस भनेर चिनिने लाहोर कोर्प्स कमाण्डर हाउसमा भएको आक्रमणसँग सम्बन्धित मुद्दामा किन तपाई माथी अनुसन्धानमा सामेल गराउन मिल्दैनरु भनेर प्रश्न गरेका थिए,’अदालतका एक अधिकारीले भने ।
तर, जवाफमा खानले आफ्नो ज्यान खतरामा रहेको मात्रै कुरा बढीमा जोड दिए बताए, ती अधिकारीले भने । खानले अन्वेषकहरूलाई भिडियो लिङ्क मार्फत अनुसन्धानमा सामेल हुन अनुमति दिन अनुरोध गरेका थिए,जसलाई अदालतले अस्वीकार गरेको छ । यद्यपि, न्यायाधीशले उनलाई अनुसन्धानमा सामेल हुन निर्देशन दिए र उनको जमानत जुन १३ सम्म लम्ब्याइयो ।
प्रतिक्रिया