बुधबार, वैशाख १२, २०८१

भारतको ओडिशा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २८० पुग्यो

नेपालखोज २०८० जेठ २० गते १०:०७

भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ ।

मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । दुर्घटनापछि उद्धार र राहत कार्य जारी छ । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर जानकारी लिएका थिए । रेल मन्त्रीले उच्चस्तरीय छानबिनको आदेश दिएका छन् ।

दुर्घटनाका कारण आज धेरै रेलहरू रद्द गरिएका छन् । भारतको दर्दनाक रेल दुर्घटनाप्रति देश-विदेशका प्रमुखहरूले शोक प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया