बिहीबार, वैशाख १३, २०८१

सेनाद्वारा भिरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन

नेपालखोज २०८० जेठ २० गते १८:२१

काठमाडाैं । सङ्ग्राम सार्दुल गुल्मले भीरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरेको छ । आज गुल्मी सदरमुकाम तम्घास नजिकै नेपाली सेनाले रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा नमूना प्रदर्शन गरेको हो । भीरबाट खसेका व्यक्तिको तीव्र उद्धारका लागि गरिने तरिकाबारे नमूनामा देखाइएको थियो ।

स्थानीय दुई व्यक्तिलाई भिरबाट लडेको, स्थानीयले प्रहरीलाई खबर गरेको र सेनाले तत्काल उद्धार गरी अस्पतालसम्म पु¥याएको नमूनामार्फत देखाइएको थियो ।

भिरबाट व्यक्ति लड्नासाथसँगै रहेका व्यक्तिले गुहार मागे । सुरक्षाकर्मीलाई त्यो खबर थाहा हुनासाथ सेनाको समूहले फसेका व्यक्तिलाई निकाल्नका लागि डोरी, क्याराविनर, हार्नेस, गल्भस र हेलमेटको प्रयोग गरेर लडेका व्यक्ति भएको खोचमा पुगेर लडेका दुईलाई सकुशल उद्धार गरी सामान्य उपचारपछि अस्पताल लगेको नमूना प्रदर्शन गरिएको थियो ।

गुल्मका प्रमुख अनिल खड्काले विपत्को समयमा तत्काल उद्धार गर्न विपत् प्रतिकार्य अभ्यास गरिएको बताउनुभयो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले योभन्दा अगाडि आगो लागेको निभाउने तरिका, बाढी आउँदा र पहिरो जाँदा गरिने अभ्यासको पनि नमूना प्रदर्शन गरिएको बताए ।

प्रतिक्रिया