शनिबार, वैशाख १५, २०८१

अर्थमन्त्रीको आश्वासनपछि शेयर लगानीकर्ताको आन्दोलन फिर्ता

नेपालखोज २०८० जेठ २१ गते १२:२७

काठमाडौ । आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ ।

लगानीकर्ताले बजेटको २९ नं. बुदा हटाउन माग गरेका थिए । शेयर लगानीकर्ताको तर्फबाट लगानीकर्ता तिलक कोइरालाको संयोजकमा अर्थमन्त्रालयका अधिकारीसँग भएको वार्तामा सहमति भएको हो ।

लगानीकर्ता तिलक कोइरालाका अनुसार अर्थमन्त्री प्रकाशशरण महतले २९ नम्बरको बुँदा संसदीय समितिमा लगेर संसदीय प्रक्रियाबाट निष्क्रिय पार्ने आश्वासन दिएका छन् ।

अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिनेछ । वातार्मा अर्थमन्त्रीसहित राजस्व सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतको सहभागि थिए ।

प्रतिक्रिया