मंगलबार, वैशाख ११, २०८१

Tank Man बल अर्थात् जब्बर मान्छे

सुनिल उलक २०८० जेठ २१ गते १४:३१

काठमाडौं । समय निकै छिटो बित्छ, ३४ वर्ष बितिसकेछ । चीनको तियानमेन चौकमा चीन सरकारले विद्यार्थी माथि दमन गरेको थियो ।

कति मरे त्यसको आकलन नै गरिएन । विद्यार्थीको भिडमा सेनाले चलाएको गोलीबाट हजारौँ मरेको आशङ्का गरियो । यो घटना जुन ४, १९८९ को हो ।

यो घटनाको भोलि पल्ट अर्को अनौठो घटना घट्यो । विश्वभरि टेलिभिजन हेरेकाहरू आश्चर्यचकित भए । यो यस्तो अप्रत्याशित र असम्भव घटना थियो । त्यो पनि चीन जस्तो देशमा तथा अघिल्लो दिनको आततायी घटनाले सबैको मन रोइरहेको थियो ।

त्यही तियानमेन चौक तर्फ लस्करै आइरहेको ट्याङ्क सामु एक व्यक्ति उभिन पुगेको थियो । सबैले सोचेको थियो, ट्याङ्कले उसलाई किच्नेछ ।

हजारौँको हत्या गर्न सक्ने चिनिया सेनाको लागी यस्तो घटना कुनै नौलो हुँदैनथ्यो । तर सोचे भन्दा भिन्न भयो । ट्याङ्क रोकियो, त्यो मानिस जोगाएर ट्याङ्क जान खोज्यो तर त्यो मानिसले दिएन ।

अन्ततः ट्याङ्क रोकियो, मानिस ट्याङ्कमा चढेर सैनिकसङ केही बोल्यो । अन्य ट्याङ्कले चेतावनी दिँदै गोली हान्न थाल्यो । अन्ततः मानिस ट्याङ्कबाट तल झर्‍यो । मानिसले ट्याङ्कलाई फर्कन इसारा गर्न थाल्यो, तर ट्याङ्क अगाडी बढ्न खोज्यो । मानिस पुन बाटो छेक्न गयो ।

यस पछि के भयो ? धेरैको खुलदुली थियो । किनकि त्यस पछिको दृश्य खिचिएको थिएन । वास्तवमा त्यसपछि भिडबाट कोही आएर तानेर त्यो मानिसलाई लग्यो । उनी पछि भिडमा हरायो, सैनिकले निकै खोज्यो तर भेट्न सकेन ।

धेरै पछि समाचार आयो । उनी १९ वर्षीय एक विद्यार्थी वाङ वेलिन थिए । पछि भागेर उनी ताइवान पुगे । अझै पनि उनी जीवित भएको विश्वास गरिन्छ ।

उनको नाम जे भए पनि संसारले उनलाई Tank Man बल भनेर चिन्दछन् ।

प्रतिक्रिया