शुक्रबार, वैशाख १४, २०८१

कर्णालीको नीति तथा कार्यक्रम : राेजगार कार्यक्रमकाे निरन्तरता

नेपालखोज २०८० जेठ २१ गते १७:३९

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ दिर्घकालीन सोचअनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम रहेको छ ।

प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए ।

प्रतिक्रिया