इराकसहित थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने सरकारको तयारी
नेपालखोज
२०८० जेठ २१ गते १८:२७

काठमाडौं । सरकारले इराकसहित थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ ।
मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको जानकारी दिएको हो ।
अहिले खुला रहेका १०८ देशमा थप ७१ देशमा पनि वैदेशिक रोजगारी खुला गर्ने तयारी सरकारले गरेको छ । सरकारले प्रतिबन्धमा रहेको इराकमासमेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य सुरु भएको छ ।
आन्तरिक गृहयुद्धमा फसेका देशमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार लागेको हो ।
तीन वटा कालोसूचीमा रहेका देशसहित ७१ वटा देश वैदेशिक रोजगारीका लागि खुला भएका जम्मा रोजगारीका लागि खुला हुने देशको संख्या १७९ पुग्नेछ ।
सम्बन्धित
प्रतिक्रिया