शनिबार, वैशाख १५, २०८१

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते

नेपालखोज २०८० जेठ २१ गते १९:२२

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका ८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएपनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त जिप सडकदेखि ७० मिटर तल खसेको छ ।

प्रतिक्रिया