प्रतिनिधिसभाको बैठक बस्दै
नेपालखोज
२०८० जेठ २२ गते ६:१२
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्ने छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया