जाल्टान इब्राहिमोबीचले गरे सन्यासको घोषणा
नेपालखोज
२०८० जेठ २२ गते ८:५६

काठमाडाैं । जाल्टान इब्राहिमोबीचले सन्यासको घोषणा गरेका छन् । स्विडिस स्ट्राइकर तथा क्लब फुटबलमा एसी मिलानबाट खेलिरहेका उनले सन्यासको घोषणा गरेका हुन् ।
४१ वर्षिया जाल्टानले गयराति भएको खेलपछि दर्शकसमक्ष आफूले फुटबल करियरबाट सन्यास लिएको घोषणा गरेका हुन् ।यो सिजन चोटका कारण जम्मा ४ खेल खेल्दा १ गोल गरेका थिए ।
उनले आफूले फुटबलबाट सन्यास घोषणा गरे पनि फुटबलबाट टाढा नहुने बताएका छन् । जाल्टानले व्यवसायिक करियमा म्यानचेस्टर युनाइटेड, पीएसजी, इन्टर मिलान हुँदै एसी मिलानबाट खेलेका छन् ।
उनले करियरमा ३४ ट्रफी जितेका छन् । उनले राष्ट्रिय टिमबाट पनि विश्राम लिएको घोषणा गरेका छन् । स्विडेनका सर्वाधिक गोलकर्ता इब्राहिमोभिचले १२२ खेलमा ६२ गोल गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया