शुक्रबार, वैशाख १४, २०८१

गौर नरसंहारको १६ वर्षपछि सुनवाइ आज सुरु हुँदै

नेपालखोज २०८० जेठ २२ गते ९:३२

काठमाडौं । गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा सुनवाइ सुरु हुँदै छ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुन लागेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आजदेखि सुनवाइ हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

शान्ति प्रक्रियामाा आएको तत्काकालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरे पछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।  

प्रतिक्रिया