बिहीबार, वैशाख १३, २०८१

के समाचारमा विश्वास घटेको छ ?

नेपालखोज २०८० जेठ २२ गते १०:४०

काठमाडौं । पछिल्लो समय सञ्चारमाध्यममा जनताको विश्वास घट्दै गएको विषयमा निरन्तर चर्चा भइरहेको छ ।

रोयटर्स इन्स्टिच्युट डिजिटल न्यूज रिपोर्ट – २०२२ अनुसार अध्ययन गरिएका ४६ देशमध्ये २१ देशमा सञ्चारमाध्यममा जनताको विश्वास घटेको छ भने १८ मा कुनै परिवर्तन भएको छैन।

रोयटर्सले ४६ देशका ९३ हजार उपभोक्तासँग कुरा गरेपछि यो प्रतिवेदन सार्वजनिक गरेको हो । पछिल्लो रिपोर्टको तुलनामा फिनल्याण्डमा मिडिया प्रतिको विश्वासमा ४ प्रतिशतले वृद्धि भएको छ । त्यहाँ ६९ प्रतिशतले आफूले समाचारमा विश्वास गरेको बताएका छन् ।

स्लोभाकियासँगै अमेरिका यो सूचीको तल्लो स्थानमा छ जहाँ २६ प्रतिशत मानिसले मात्र समाचारमा विश्वास गर्छन्, जुन गत वर्षको तुलनामा ४ प्रतिशतले कम हो ।

दक्षिण अमेरिकामा ब्राजिल ( माइनस ६ प्रतिशत) तथा कोलम्बिया (माइनस ३ प्रतिशत) मा समाचार माध्यम प्रतिको विश्वास घटेको छ । उता अफ्रिकामा नाइजेरिया (४ प्रतिशत) र दक्षिण अफ्रिका (९ प्रतिशत) ले संचार माध्यम प्रतिको विश्वास बढेको छ।

एशियामा मलेसियामा (माइनस ५ प्रतिशत) र ताइवान (माइनस ४ प्रतिशत) ले विश्वास घटेको छ भने फिलिपिन्समा (५ प्रतिशत) तथा जापानमा (२ प्रतिशत) ले विश्वास बढेको छ । युनाइटेड किंगडम (३४ प्रतिशत) तथा फ्रान्स (२९ प्रतिशत) पनि समाचारमा कम विश्वास गर्ने देश हुन्।

प्रतिक्रिया