बिहीबार, वैशाख ६, २०८१

कोसी प्रिमियर लिगको तयारी तीव्र

नेपालखोज २०८० जेठ २२ गते १०:५७

काठमाडाैं । सुनसरीमा आयोजना हुन लागेको कोसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको खेल मैदानमा २७ गतेदेखि असार ५ गतेसम्म आयोजना हुने प्रतियोगिता खेल्ने ४ टिमको पनि टुंगो भइसकेको छ । डबल राउन्ड रोविन आधारमा खेल हुने छ ।

नेपाल क्रिकेट संघ क्यानको अनुमति, सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा सुनसरी युथ क्लबको आयोजना हुने प्रतियोगिताको विजेताले ५ लाख र उप विजेताले ३ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया