एमालेको प्रश्न : नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?
नेपालखोज
२०८० जेठ २२ गते ११:५८

काठमाडौं । नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई कुन संविधानले दिएको छ भनेर प्रश्न गरेको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताएका हुन् ।
उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं, यस्तो सौदाबाजि गर्ने अधिकार कसले दियो ?’
प्रधानमन्त्रीले आज भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिदै छन् ।
सम्बन्धित
प्रतिक्रिया