शुक्रबार, वैशाख ७, २०८१

‘भैंसी चढेर आएको’ शब्द संसदकाे रेकर्डबाट हटाइयो

नेपालखोज २०८० जेठ २२ गते १३:४९

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘भैंसी चढेर आएको’ भन्ने शब्दले वादविवाद मच्चिएपछि उक्त शब्दलाई रेकर्डबाट हटाइएको हो ।

‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्कदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ सांसद खनालले भनेका थिए ।

प्रतिक्रिया