शुक्रबार, चैत १६, २०८०

झण्डै १८ अंकले घट्दा एक अर्ब ९७ करोडको सेयर किनबेच

नेपालखोज २०८० जेठ २२ गते १५:२७

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ ।

लगानीकर्ताहरुको आन्दोलन र अर्थमन्त्रालयको पुँजीगत लाभकरको बिषयमा पहिलाकै पाँच र सात दशमलव पाँच प्रतिशत कै सिमा कायम रहेको प्रष्टीकरण दिएसगैं जोडबलकै आधारमा अघिल्लो दिन नेप्से ५३ अंकले बढेको थियो ।

तर आज सोमबार भने नेप्से १७ दशमलव ३८ अंकले घटेर १९ सय एक दशमलव ९९ अंकमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८८ अंकले घटेर तीन सय ६२ दशमलव २२ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ७७ वटा कम्पनीहरुको ३६ हजार पाँच सय ६८ पटकको कारोबारमा ५६ लाख २० हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव १६ अंकले घटेर १२ सय सात दशमलव ५१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ५० दशमलव ९५ अंकले घटेर ३४ सय ५५ दशमलव एक अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि १७ दशमलव ३९ अंकले घटेर १५ सय ६९ दशमलव ६६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुुचक पनि ११ दशमलव ५१ अंकले घटेर २४ सय तीन दशमलव २८ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय २४ दशमलव १४ अंकले घटेर नौं हजार छ सय ३९ दशमलव ९१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५७ दशमलव छ अंकले घटेर नौं हजार तीन सय १२ दशमलव ५३ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र टेडिङ समुहहरुको सुचक पनि क्रमशः ३२ दशमलव शुन्य एक, शुन्य दशमलव ५४, एक सय २१ दशमलव ३०, १८ दशमलव ६४, शुन्य दशमलव शुन्य तीन, २० दशमलव ६३ र ३६ दशमलव ९४ अंकले घटेका छन् ।

नेप्सेमा आज रिभरफल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ९४ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा कारोबार हुँदा शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ५० प्रतिशतले घटेर चार सय ६५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी शिवम सिमेन्टको प्रतिकित्ता चार सय ६५ रुपैंयाँ अन्तिम मुल्यमा १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया