बिहीबार, वैशाख १३, २०८१

यी हुन् अशोकको रुखमा दैनिक जल चढाउँदा हुने फाइदा

नेपालखोज २०८० जेठ २३ गते ५:२२

अशोक नामको रुखको पात धार्मिक तथा शुभ कार्यहरुमा प्रयोग गरिन्छ । घरमा अशोकको रुख रोप्दा जीवनमा अपार सफलता मिल्ने जनविश्वास छ ।

अशोकको रुखमा दैनिक जल चढाउँदा जीवनका धेरै समस्याहरु समाधान हुन्छन् । अशोकको शाब्दिक अर्थ कुनै प्रकारको दुस्ख नहुनु हो । जुन घरमा अशोकको रुख हुन्छ त्यहाँ सबै काम सजिलै पूरा हुन्छन् ।

त्यस्ता घरमा कुनै बाधा बिना शुभ कार्यहरू सम्पन्न हुन्छन् । पातदेखि लिएर अशोकको जरासम्म सबैको आ–आफ्नै धार्मिक महत्व छ ।

पानी दिएर के फाइदा हुन्छ ?

हिन्दु मान्यता अनुसार अशोकको रुखमा दैनिक जल चढाए घरमा लक्ष्मीजीको वास हुन्छ । माता लक्ष्मीको कृपाले मानिसलाई कहिल्यै आर्थिक संकटमा पर्न दिँदैन । अशोकको रुखमा दैनिक जल चढाउँदा दाम्पत्य जीवनमा समृद्धि आउँछ । यसका साथै घरमा रहेको रोग(दोष पनि समाप्त हुन्छ। यो उपायले सकारात्मक उर्जा कायम रहनेछ । घरमा बिना कारण कलहको अवस्था छ भने अशोकको रुखमा जल चढाउनुपर्छ । यसका साथै प्रत्येक शुक्रबार अशोकको रुखमा कपूर र घिउ मिसाएर दियो बाल्नु पर्छ । यसो गर्दा घरमा सकारात्मक उर्जा आउँछ । अनि घरको लडाइँ/ झगडाबाट मुक्ति मिल्छ ।

रूखको दिशा कस्तो हुनुपर्छ ?

वास्तुशास्त्रमा उत्तर दिशाको विशेष महत्व बताईएको छ । यो सबैभन्दा शुभ दिशा मानिन्छ, त्यसैले अशोकको रूख सधैं उत्तर दिशामा लगाउनुपर्छ । यसले घरमा नकारात्मक उर्जा प्रवेश गर्न दिँदैन । वास्तुशास्त्रमा अशोकको रूख रोप्ने केही नियम दिइएको छ । घर भित्र अशोकको रुख लगाउनु शुभ मानिदैन । घरको ढोकाको देब्रे कुनामा अशोकको रुख रोप्दा धन सम्पति प्राप्त हुन्छ । घरबाट वास्तु दोष हटाउन अशोकको जरालाई गंगा जलले सफा गरी घरको मन्दिरमा राख्नुपर्छ ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया