यदि प्रभाव पार्न चाहनुहुन्छ भने आफैँलाई परिपक्व बनाउनुपर्छ

अबको दश वर्षमा तपाईं आफूलाई कहाँ हेर्न चाहनुहुन्छ ? के तपाईं मानिसहरूलाई ठूला वा साना परिवर्तनहरू गर्न नेतृत्व गर्न चाहनुहुन्छ ? यदि हो भने तपाईंले मानिसहरूमा छाप छोडने कला सिक्नु आवश्यक छ । जो यो कलामा सिपालु हुन्छन् उनीहरूले मानिसहरूको भावना राम्रोसँग बुझेर काम गर्न सक्छन् ।
कसरी गर्न सकिन्छ ?
मानिसहरूसँग धेरै समय बिताउनुपर्छ । आफ्नो टिमसँग समय बिताउनुपर्छ र तिनीहरूलाई चिन्ने प्रयास गर्नुपर्छ । यो उनीहरूको विश्वास जित्न का लागि पनि आवश्यक छ ।
उनीहरूसँग सोध्नुहोस् / उनीहरूलाई मनपर्ने कुरा के हो ? उनीहरु आफुबाट के चाहन्छन् ?
मानिसहरूलाई ध्यानपूर्वक सुन्नुहोस् । जब आफु वरिपरिका मानिसहरुका बारेमा सोचिन्छ तब उनीहरूलाई बुझ्न र उनीहरूका आवश्यकताहरू पूरा गर्न सकिन्छ । यदि सबैबाट माया र सम्मान पाउन चाहने हो भने कुनै पनि प्रकारको पक्षपातबाट टाढा रहनुपर्छ भने मानिसहरू सँग नियमित सम्पर्कमा रहनुपर्छ ।
टिमसँग नियमित सम्पर्क राख्नुहोस् । उनीहरुको समस्या सुन्ने मात्र नभई समाधानका लागि काम पनि गर्नुपर्च । टिमप्रति आफ्नो समर्पण व्यक्त गर्नुहोस् । मानिसहरूलाई के बताउने प्रयास गर्नुहोस् भने तपाईं उनीहरूका लागि समूहमा मात्र नभई व्यक्तिगत रूपमा पनि सकारात्मक हुनुहुन्छ । आफ्ना विचारहरू सबैका अगाडि राख्नुहोस् र उनीहरूलाई बताउनुहोस् कि क्यारियरमा कसरी विकास गर्न सकिन्छ । नियमित रुपमा एक(अर्कासँग भेट्नुहोस् । यसरी आफ्नो टिम सँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सकिन्छ ।
केन्द्रित रहनुहोस् र प्रशंसा गर्न नबिर्सनुहोस् । आफ्नो टिमका सदस्यहरूको जहिले पनि र जहाँ पनि प्रशंसा सकिन्छ । यसले उनीहरूलाई उत्प्रेरित गर्छ ।

प्रतिक्रिया