शुक्रबार, चैत १६, २०८०

‘ए’ डिभिजन लिग : आज चार खेल हुने

नेपालखोज २०८० जेठ २३ गते ७:३९

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदै छन् । दोस्रो लेगको १२औं चरण अन्तर्गत आज चार खेलहरु हुने छन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने रंगशालामै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र जावलाखेलको खेल साँझ ६ बजे सुरु हुनेछ ।

यस्तै, च्यासलमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया