बुधबार, वैशाख १२, २०८१

राजदरवार हत्याकाण्डपछि एकाएक चर्चामा आएकी देवयानी

सुनील उलक २०८० जेठ २३ गते ८:१७

देवयानी राजनीतिज्ञ पशुपति शम्शेरको कान्छी छोरी हुन् । पशुपति शम्शेर, निकै कम उमेरमा नेपालको प्रमुख कुटनीतिक ब्यक्ति बन्न पुगेका विजय शम्शेरका छोरा हुन् । श्री ३ मोहन शम्शेरका छोरा तथा श्री ३ चन्द्रशम्शेरका नाति विजय शम्शेरको भारतमा राजदूतका रुपमा कार्यरत रहँदा केवल ३८ वर्षको उमेरमा दिल्ली राजदूतावासको आवास गृहमा २०१० पुस १५ गते बाथरुपमा तातोपानीले नुहाउन लाग्दा गिजरबाट बिजुली चुहावट भइ करेन्ट लागेर मृत्यु भएको थियो । त्यतिबेला पशुपति शम्शेर केवल १२ वर्षका थिए ।

पशुपति शम्शेरको विवाह जीवाजी राव सिन्धिया तथा विजयाराजे सिन्धियाकी माहिली छोरी उषाराजे सिन्धियासंग भएको थियो । ग्वालियर राजघरानाका उषाराजे भने खड्गशम्शेरकी नातिनी थिइन । देवयानी राणाको चर्चा युवराज दीपेन्द्रसंग गाँसिए पछि र राजदरवार हत्याकाण्डको केन्द्रबिन्दुमा नै दीपेन्द्र रहे पछि उनको प्रेमिकाका रुपमा चर्चामा रहेकी देवयानी पनि चर्चित बनिन् । देशको युवराज्ञी एवं भावी रानी बन्न सक्ने देवयानी अचानक बदनाम भईन र गुमनाम भइन् । राजदरवार हत्याकाण्ड पछि दीपेन्द्रसँग गहिरो सम्बन्ध नरहेको बताएकी देवयानी अचानक भारत प्रवासमा पुगे ।

भारत प्रवासकै बिच २०६३ फागुन ११ गते देवयानी राणाको व‍िवाह कुँवर ऐश्वर्य सिंहसंग भयो । ऐश्वर्य सिंह कांग्रेस आईको नेता अर्जुन सिंहको छोरी तिरका नाति हुन् । पारिवारीक समस्याले बल्झिएका देवयानीले आधुनिक चिकित्सा पद्धति IVF बाट छोरा त जन्माए तर पतिको साथ राम्रो सम्बन्ध रहेन । पति ऐश्वर्य सिंहसंग सम्बन्ध खासै राम्रो नरहे पनि भारतमै रहेका देवयानीले केही समय बाबु पशुपति शम्शेरलाई राजनीतिमा सघाउने काम पनि गरिन् । सन २०१२ मा संयुक्त राष्ट्र बिकास कार्यक्रममा काम गरेका उनले सन २०१४ मा भारतमा रहेको क्याटरपिलर इनकर्पोरेटेडमा काम गरेका थिए ।

हाल भने कोकाकोला इन्डियामा भाइसप्रेसिडेन्ट रहेका छन् । कोकाकोलाले आफ्नो वेवपेजमा उनको नाम देवयानी राज्यलक्ष्मी राणा नै राखेको छ । दिदी उर्वशी राज्य लक्ष्मीको विवाह माघ ११, २०५२ मा भारतीय धनाध्य सूर्य समुहका उपाध्यक्ष शिव विक्रम खेमकासंग भएको थियो । शिव बिक्रम पनि इटनका विद्यार्थी हुन् ।

सूर्य समुहका अध्यक्ष नन्दलाल खेमकाका जेठा छोरा शिव विक्रम खेमकाको मुख्य कार्यक्षेत्र भने सोवियत संघ रहेको छ । तस्विरमा आमाका साथ दुइछोरी बायाँबाट उर्बशी राणा, उषा राजे तथा देवरानी राणालाई देख्न सकिन्छ । २०४९ माघमा एफपीका फोटो पत्रकार केदार जैनले यो तस्विर ग्वालियर दरवारमा भएको एक जमघटमा खिचेका थिए ।

प्रतिक्रिया