थप ११ वटा कम्पनीहरुलाई ब्रोकर कम्पनीको लाईसेन्स

नेपालखोज २०८० जेठ २३ गते १२:३२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीहरुलाई ब्रोकर कम्पनीको लाईसेन्स दिएको छ ।

बोर्डले सोमबार निर्णय गरी एलिट क्यापिटल हाउस लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रा. लि, मेघा स्टक मार्केट्स लिमिटेड, हातेमालो फाईनान्सियल सर्भिसेज प्राली, मनी वल्र्ड शेयर एक्सचेन्ज प्रालि, माछापुच्छे सेक्युरिटिज लिमिटेड, के. बि. एल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट प्राली र नबिल सेक्युरिटिज लिमिटेडलाई नयाँ ब्रोकर कम्पनीको लाईसेन्स दिएको हो ।

यसअघि पनि बोर्डले भोले गणेश सेक्युटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युटिज प्रालि, मियो सेक्युटिज प्रालि, शेयर प्रो सेक्युटिज प्राली र प्रोर्पर्टी बिजार्ड प्राली सहितका सात वटा कम्पनीहरुलाई ब्रोकर कम्पनीको लाईसेन्स दिएको थियो ।

धितोपत्र बोर्डले २०७९ असोज २ गते ३० दिनको अवधि तोकेर नयाँ ब्रोकर कम्पनीको लाईसेन्सको लागि आवेदन माग गरेकोमा ४५ वटा कम्पनीहरुले नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिएका थिए । सोही अनुसार प्रकृया पुगेका कम्पनीहरुलाई ब्रोर्डले ब्रोकर कम्पनीको लाईसेन्स दिंदै आएको छ ।

प्रतिक्रिया