युक्रेनको बाँध भङ्गले रुसको युद्धको क्रूरता देखाउँछ : नेटो प्रमुख
नेपालखोज
२०८० जेठ २३ गते १६:५२

ब्रसेल्स । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको ‘अपमानजनक’ उल्लङ्घन (आक्रमण) भएकामा निन्दा गरेका छन् । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उनको टिप्पणी छ ।
‘काखोभका बाँधको विनाशले आज हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्याएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ,’ स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया