शुक्रबार, चैत १६, २०८०

सुनकोसीमा बेपत्ता सीटीईभीटीका दुई कर्मचारीको शवसँगै गाडी पनि भेटियो

नेपालखोज २०८० जेठ २३ गते १९:०८

काठमाडाैं । गत शुक्रबारदेखि सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका दुईजना कर्मचारीको शव फेला परेको छ । आज सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलले जनाएकाे छ । शवसँगै गाडी पनि निकालेको छ ।

दुवै शवको सनाखत गर्न भने बाँकी रहेको छ । गत शुक्रबार बिहान साढे ११ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बा १ झ ७४६७ नम्बरको गाडी खसेको थियो । उक्त गाडीमा चालकसहित चारजना सवार थिए।

चालक कृष्ण चौधरी घाइते थिए भने उनीहरूमध्ये एकजना अझै बेपत्ता छन‍् ।

प्रतिक्रिया