शनिबार, वैशाख १५, २०८१

‘ए’ डिभिजन लिग : पुछारमा रहेको खुमलटारकाे जित

नेपालखोज २०८० जेठ २३ गते १९:३५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेको फुटबल क्लब खुमलटारले नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा विदेशी फरवार्डद्वय मेसुके ओलोमोउ र स्टेफन बिनोङले गोल गर्दा टोली ३-१ को जित निकाल्न सफल रह्यो ।

पहिलो हाफमै मेसुकेले दुई गोल गर्दै खुमलटारको रेलिगेसनबाट बच्ने सम्भावना जीवित राखेका थिए । यस नतिजाले खुमलटार २७ अंकसाथ १३ अ‍ौं स्थानमा पुगेको छ । फ्रेन्ड्स २६ अंकसाथ पुछारमा छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले अंक बाँडे । दिनेश हेन्जनले दोस्रो मिनेटमा नै आर्मीलाई अग्रता दिलाएका थिए । तर अहमद हिजाजीले ३८ औं मिनेटमा बराबरी गोल फर्काए ।

प्रतिक्रिया