शुक्रबार, वैशाख १४, २०८१

बिजुलीको माग अहिलेसम्मकै उच्च : प्राधिकरण

नेपालखोज २०८० जेठ २३ गते २०:२४

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको माग अहिलेसम्मकै उच्च भएको बताएको छ । पिक आवरमा हालसम्मकै उच्च दैनिक १ हजार ९ सय ५० देखि दुई हजार मेगावाटसम्म बिजुलीको माग रहेको प्राधिकरणले जनाएकाे हाे ।

नेपालको विद्युत उत्पादन क्षमता भने यो सुख्खा सिजनामा एक हजार मेगावाट हाराहारी मात्र छ । सिजन सुख्खा भएको तथा गर्मी बढेपछि सहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ ।  

यही जेठ १३ गते भने वर्षाका कारण बिजुली उत्पादन बढेपछि नेपालले भारतलाई बिजुली बिक्री गरेको थियो । उक्त दिन ६ सय मेगावाट आवर (२५ मेगावाट) बिजुली भारत बिक्री गरिएको थियो । तर फेरि वर्षा नहुँदा प्राधिकरणले अपुग बिजुली भारतीय बजारबाट खरिद गरिरहेको छ। अहिलेको समयमा पिक आवरमा ९ सयदेखि एक हजार मेगावाटसम्म बिजुली अपुग छ ।

प्रतिक्रिया