कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
नेपालखोज
२०८० जेठ २३ गते २१:४२

काठमाडौं । कम्बोडिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
कम्बोडिया जान ६ लाख लाग्ने र मासिक डेढ लाख तलब हुने भन्दै ५ लाख लिएपछि फरार रहेका सोलुखुम्बु लिखुपिकेका शेर बहादुर तामाङलाई आज वानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले खुम बहादुर रानालाई ठगेका थिए ।
पक्राउ परेका तामाङलाई कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया