मानिसको कडा परिश्रमनै उसको वास्तविक धन हो : पर्सी शेली
नेपालखोज
२०८० जेठ २४ गते ६:०५

पर्सी शेली अंग्रेजीमा कविता लेख्थे । उनी रोमान्टिक कविताको सबैभन्दा प्रभावशाली कविहरू मध्ये एक हुन् ।
– हामी जति धेरै पढ्छौं, उति धेरै आफ्नो अज्ञानताका बारेमा सचेत हुन्छौं ।
– जीवन उड्न सक्दैन, तर यो परिवर्तन हुन सक्छ। आशा बन्द हुन सक्छ, तर यो मर्न सक्दैन। सत्य उजागर भएपछि पनि लुकेर बस्न सक्छ ।
– हामीलाई ती गीतहरू मनपर्छन जसले हाम्रो दुःखलाई समात्छन ।
– न त भविष्यको डर हुनुपर्छ न त विगतको लागि रुनु नै उचित हो ।
– जो धनी थिए ती अझ धनी भएका छन् । जो गरिब थिए झन गरिब भए ।
– रक्तरंजित हात भन्दा खराब हो , पत्थरको मुटु।
– पहिले हाम्रा खुशी मर्छन्, त्यसपछि आशा र डर । तिनीहरू सबै मरे पछि, हामी पनि मर्छौँ ।
– प्रेमको पीडा पनि मीठो हुन्छ।
– खुसी हराएपछि त्यो पीडा बन्छ।
– मानिसको कडा परिश्रम नै उसको वास्तविक धनसम्पत्ति हो ।
सम्बन्धित
प्रतिक्रिया