बुधबार, वैशाख १२, २०८१

के हो एडेमा रोग ?

नेपालखोज २०८० जेठ २४ गते ७:२२

काठमाडाैं । एडेमा रोगका कारण हरेक अंगमा पानी जम्मा हुन्छ । हाम्रो शरीर किन फुल्छ के तपाईंले यो प्रश्नका बारेमा कहिल्यै सोच्नुभएको छ ? कुनै पनि अवस्थामा शरीरमा फुल्नु वा सुन्निनु सामान्य कुरा होइन । यो केहि चिकित्सा अवस्थाहरूसँग सम्बन्धित हुन सक्छ । पहिलो मृगौला फेल हुनु, दोस्रो रक्तसञ्चार कमजोर हुनु, तेस्रो कुनै संक्रमण तथा चौथो शरीरमा सोडियमको मात्रा बढ्दा ।

यद्यपि एउटा यस्तो रोग पनि छ जसमा पूरै शरीर सुन्निने र हरेक अंगमा विभिन्न पदार्थ जम्मा हुन्छ । यसलाई एडेमा रोग भनिन्छ ।

एडेमा एउटा रोग हो जसमा शरीरमा विभिन्न पदार्थ जम्मा हुन थाल्छ। यसलाई मेडिकल भाषामा फ्लुइड रिटेन्सन भनिन्छ । केही सामान्य कुराहरू यसको प्रारम्भिक लक्षण हुन सक्छ । यसको स्टेज(१ मै सतर्क भएर परीक्षण गराउनु उपयुक्त हुन्छ ।

एडेमाको प्रकार ?

पेरिफेरल एडेमा : पेरिफेरल एडेमा मा खुट्टा, पिडुला , तिघ्रा , हात तथा पाखुरा सून्निनुका साथै त्यसमा तरल पदार्थ जम्मा हुनथाल्छ ।

पल्मोनरी एडेमा : फोक्सोमा अतिरिक्त तरल पदार्थ जम्मा हुन्छ, जसलाई बोलिचालिको भाषामा फोक्सोमा पानी जमेको भनिन्छ । यसले सास फेर्न गाह्रो बनाउँछ। यो गम्भीर अवस्था हो ।

सेरेब्रल एडेमा : यो मस्तिष्कमा हुन्छ र यसमा मस्तिष्क कोशिकाहरूमा तरल पदार्थ भरिन्छ ।

म्याकुलर एडेमा : म्याकुलर एडेमा प्रायः मधुमेह भएका मानिसहरूलाइ हुन्छ । यो मधुमेह रेटिनोप्याथीको गम्भीर अवस्था हो र यसमा आँखा सुन्निन्छ।

एडेमाको कारण

यो वास्तवमा रक्तनलीमा एक प्रकारको चुहावट हो जसका कारण शरीरका सबै प्रकारका पदार्थ टिस्युमा जम्मा हुन थाल्छ । यसले गर्दा शरीर फुल्छ वा सुन्निए जस्तो देखिन्छ ।

यस्तो धेरै कारणले हुन सक्छ जस्तो :

– शरीरमा सोडियमको मात्रा बढी हुँदा
– मिर्गौलाले राम्रोसँग काम गर्न नसक्दा
– शरीर भित्र पिसाब बनाउने तरल पदार्थ जम्मा हुँदा ।
– मोटोपन
– लामो समयसम्म उभिदा वा एउटै आसनमा बस्दा
– ब्लड सर्कुलेशको खराबी ।

एडेमाको लक्षण
– पेटको आकारमा वृद्धि
– अनुहार सुन्निने
– हात /खुट्टा सुन्निनु
– गम्भीर अवस्थामा सास फेर्न कठिनाई र छातीमा पिडा ।

जीवनशैलीसँग सम्बन्धित यसका कारणहरूलाई ध्यानमा राखेर यसबाट जोगिनुपर्छ, जस्तो धेरै नुन नखाने, लामो समयसम्म एउटै पोजिसनमा नबस्ने । व्यायाम गर्ने तथा स्वस्थ आहार खाने । यसका साथै लक्षण देखिनेबित्तिकै डाक्टरलाई देखाएर परीक्षणहरु गराइ उपचार तर्फ लाग्ने ।

प्रतिक्रिया