शनिबार, वैशाख १५, २०८१

एकदिवसीय क्रिकेट विश्वकप सुरु भएको दिन …

नेपालखोज २०८० जेठ २४ गते ११:२४

७ जुन १९७५
क्रिकेटको एकदिवसीय विश्वकप आजैको दिन सुरु भएको हो । इंग्ल्याण्डमा भएको उक्त प्रतियोगितामा ८ वटा देशको सहभागिता थियो ।

विश्वकप क्रिकेटको पहिलो खेल भारत र इंग्ल्याण्डबीच भएको थियो भने त्यसमा भारत पराजित भएको थियो । त्यस खेलमा इंग्ल्याण्डका ब्याट्सम्यान डेनिस एमिसले शतक प्रहार गरेका थिए । यो विश्वकपको पहिलो शतक थियो ।

क्लाइभ लोयडको कप्तानीमा रहेको वेस्ट इन्डिजले फाइनलमा अस्ट्रेलियालाई हराउँदै पहिलो विश्वकपको उपाधि जितेको थियो । उक्त प्रतियोगिताको विशेष कुरा के थियो भने यसका प्रत्येक खेल ५० ओभरको नभएर ६० ओभरका थिए ।

प्रतिक्रिया