शुक्रबार, चैत १६, २०८०

ए डिभिजन लिग- मच्छिन्द्र बन्यो उपविजेता

नेपालखोज २०८० जेठ २४ गते १७:५४

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७९ मा मच्छिन्द्र फुटबल क्लब उपविजेता बनेको छ ।

बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मच्छिन्द्रले दोस्रो स्थान पक्का गरेको हो । दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रले ३-१ को जित दर्ता गर्यो ।

दुवै टोली १० खेलाडीमा सिमित भएको खेलमा मच्छिन्द्रका लागि ओलावाले आफिजले २ तथा विमल घर्ती मगरले १ गोल गरेका थिए । पिस्तोने मुताम्बाले अन्तिम मिनेटमा सान्तवना गोल फर्काए ।

प्रतिक्रिया