मंगलबार, वैशाख ११, २०८१

सिटिजन्स बैंक इन्टरनेसनल र हिमालयन क्यापिटलबीच सम्झौता

नेपालखोज २०८० जेठ २४ गते २१:०३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौता भएको छ । बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बैंकलेप्रति ऋणपत्र अंकित मूल्य एक हजार दरका जम्मा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट दीर्घकालिन लगानीकर्ताहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव १५ लाख७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया