शरणार्थी प्रकरणमा आज तीन अभियुक्तको तर्फबाट कानुन व्यवसायीले गरे बहस

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अभियुक्तहरुको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।
अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका थिए । दुलालको पक्षमा अधिवक्ताहरु विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरे ।
त्यस्तै, अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रुपमा अधिवक्ताहरु विनोद शर्मा, चुडामणी पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरे ।
सानु भण्डारीकै तर्फबाट भोलि पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नेछन् ।
प्रतिक्रिया