स्कटल्यान्डसँग खेल्दै नेपाल
नेपालखोज
२०८० जेठ २५ गते ८:४४

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट अघि वार्मअप खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा दक्षिण अफ्रिकामा सुरु हुनेछ।
यो अभ्यास खेलको रुपमा मात्रै हुनेछ । जिम्बावेमा दुई सातापछि हुने विश्वकप छनोट अघि नेपालले राम्रो लय समाउन चाहन्छ ।
नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँग दुबै खेल जितेको थियो । त्यसअघि विदेशी भूमिका नेपालले खेलेका चार मध्य तीन खेल स्कटल्यान्डसँग हारेको थियो ।
नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
सम्बन्धित
प्रतिक्रिया