शनिबार, वैशाख १५, २०८१

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि

नेपालखोज २०८० जेठ २५ गते ८:५७

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक भक्तपुर स्थित लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्नेछ ।

२ दिन चल्ने बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ । त्यसमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

बैठकमा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया