शुक्रबार, चैत १६, २०८०

कालिकोटको रास्कोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

नेपालखोज २०८० जेठ २५ गते ९:३२

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका-२ सेरा बजारमा जीप दुर्घना हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहिबार बिहान ७ बजे जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छन् । घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ।

सेराबजारको वषपार्कमा चालकले जुता लगाउँदै थिए । उक्त गाडी स्टाट गरी न्युटल राखेको थियो। सोही अवस्थामा जीप खोलामा गएर दुर्घटना भएको स्थानीय दिपक सिम्खाडाले बताए ।

‘गाडी स्टाट रैछ, गाडीमा ओड नराखी चालकले जुता लगाउँदै थिए । यात्रु गाडीमा बसिरहेका थिए । गाडी पछाडी गुडेको थियो । तिनजना गाडीमा थिए । दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गम्भिर घाइते छन्’, प्रत्यक्षदर्शी सिम्खाडाले भने।

प्रतिक्रिया