मंगलबार, वैशाख ११, २०८१

स्विडेनमा सेक्स च्याम्पियनसिप हुने समाचार झुटो

नेपालखोज २०८० जेठ २५ गते १०:२३

एजेन्सी । टाइम्स अफ इन्डियालाई भारतको सबैभन्दा लोकप्रिय र सम्मानित अखबारहरूमा गनिन्छ ।

यसको वेबसाइटमा एउटा हेडलाइन छ, ‘स्विडेनले छिट्टै युरोपेली सेक्स च्याम्पियनसिप आयोजना गर्ने छ ।’ रिपोर्ट अनुसार स्विडेनले आधिकारिक रूपमा सेक्सलाई खेलकुदको श्रेणीमा समावेश गरेको छ ।

स्विडेनले छिट्टै एउटा प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगिता आज जुन ८ गतेदेखि गोथेनबर्ग सहरमा हुने बताइएको थियो । मुख्य धाराका मिडियामा रहेका अन्य धेरै वेबसाइट र सामाजिक सञ्जालले पनि यो दाबी छापेका छन् । यही समाचार नेपालका अनलाइनहरूले पनि जोडतोडका साथ राखे ।

नेपाल र भारतबाहेक पाकिस्तानी वेबसाइटले पनि यो समाचार चलाएका थिए । एक ग्रीक पोर्टलले ग्रीक सहभागीहरूले पनि प्रतियोगितामा भाग लिने कुरा लेख्यो ।

दक्षिण अफ्रिकाको प्रतिष्ठित मिडिया हाउस आई ओएल र नाइजेरियाको वेबसाइटले पनि यो समाचार चलाएको थियो । लोकप्रिय जर्मन मिडिया हाउस आरटीएल (RTL ) ले प्रतियोगिताको समाचारसँगै मत सङ्ग्रह नै गरेको थियो । आरटीएलले मानिसहरूसँग सोध्यो, ‘सेक्सलाई खेलको रूपमा मान्यता दिइएको विषयमा तपाईँ के सोच्नुहुन्छ ?’

यद्यपि मुलकुरा के यो समाचार सही हो र ? भन्ने हो । डचेवेलेका अनुसार तथ्य जाँचमा यो समाचार गलत साबित भएको छ ।

स्विडेनको खेलकुद प्रशासनले यस्तो कुनै पनि कार्यक्रम अस्वीकार गरेको छ । ‘यी सबै जानकारी गलत छन्,’ स्वीडिस खेलकुद सङ्घका प्रवक्ता अन्ना जेट्सम्यान भन्छिन् ।

आफ्नो लिखित बयानमा उनले भनेकी छिन्, ‘अहिले केही अन्तर्राष्ट्रिय मिडियाले स्विडेन र स्विडिस खेलकुदका बारेमा गलत समाचार फैलाइरहेका छन् । हामी यसलाई कडा रूपमा अस्वीकार गर्दछौँ ।’

प्रतिक्रिया