शनिबार, वैशाख १५, २०८१

राम्रो ओपनिङ पाएका विक्कीका फिल्म

नेपालखोज २०८० जेठ २५ गते १२:०९

काठमाडौं । विक्की कौशलले आफ्नो करियरमा अहिलेसम्म कम तर उत्कृष्ट फिल्म दिदै आएका छन् ।

विक्की कौशल अभिनित फिल्म ‘जरा हटके जरा बचके’ अहिले हलमा पुगेको छ र यसको पहिलो साताको कमाइ निकै राम्रो छ । ‘जरा हटके जरा बचके’ अघि विक्कीले अभिनय गरेका चलचित्रको ओपनिंग यस्तो छ :

रणवीर कपूर अभिनित फिल्म ‘सञ्जु’ पनि विक्कीको शीर्ष ओपनिङ फिल्म हो । यो फिल्मले पहिलो दिन नै ३४ करोड भारु कमाएको थियो ।

‘उरी द सर्जिकल स्ट्राइक’ले पनि राम्रो ओपनिङ पाएको थियो । पहिलो दिन नै यो फिल्मले ८ करोड भारुको व्यापार गर्‍यो।

विक्की तथा आलिया स्टारर फिल्म ‘राजी’ले पहिलो दिन सिनेमा घरबाट ७.५० करोड भारु कमाएको थियो ।

विक्की कौशलको हरर फिल्म ‘भूत’ले पहिलो दिन बक्स अफिसबाट ५.१० करोड भारु कलेक्सन गरेको थियो ।

विक्की कौशल र अभिषेक बच्चन अभिनित ‘मनमर्जिया’ले पहिलो दिन सिनेमाघरबाट २१.४० करोड भारु कमाएको थियो ।

विक्की कौशलको रमन राघव २.० ले पहिलो दिन सिनेमाघरबाट जम्मा १ करोड भारु कलेक्सन गरेको थियो ।

प्रतिक्रिया