शुक्रबार, वैशाख १४, २०८१

सात अंकले बढ्दा दुई अर्ब ३० करोडको सेयर किनबेच

नेपालखोज २०८० जेठ २५ गते १५:२७

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन झन्डै पाँच अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पुन सात दशमलव २७ अंकले बढेर १९ सय ३९ दशमलव ६१ अंकमा चढेको छ ।

क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने एक दशमलव शून्य पाँच अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा झरेको छ । आज दुई सय ७३ वटा कम्पनीहरूको ४३ हजार एक सय २८ पटकको कारोबारमा ५९ लाख ६२ हजार ९३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौ सय ३१ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार हुँदा चार वटा समूहहरूको सूचक घटेर बाँकी समूहहरूको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव १४ अंकले घटेर १२ सय तीन दशमलव ५६ अंकमा खुम्चिएकोमा जलविद्युत समूहको सूचक पनि १९ दशमलव १३ अंकले घटेर २४ सय ७३ दशमलव ३८ अंकमा झरेको छ । यी बाहेक होटेल तथा पर्यटन र उत्पादनमूलक समूहको सूचक पनि ३९ दशमलव चार र ३८ दशमलव १० अंकले घटेका छन् ।

विकास बैंक समूहको सूचक भने आज ३१ दशमलव ९८ अंकले बढेर ३५ सय ५४ दशमलव २६ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि १७ दशमलव ७० अंकले बढेर १६ सय छ दशमलव ६१ अंकमा चढेको छ ।

यसै गरी जीवन बिमा समूहको सूचक पनि एक सय ४५ दशमलव ७७ अंकले बढेर नौ हजार नौ सय ३८ दशमलव ६६ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि पाँच सय दुई दशमलव ११ अंकले बढेर १० हजार दुई सय ३४ दशमलव ११ अंकमा पुगेको छ ।

यी बाहेक लगानी, लघुवित्त, अन्य र टेडिङ समूहहरूको सूचक पनि क्रमशः शून्य दशमलव ५२, एक दशमलव शून्य सात, शून्य दशमलव शून्य छ, पाँच दशमलव ६१ र एक सय २९ दशमलव ६० अंकले बढेका छन् ।

नेप्सेमा आज दोल्ती पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ८७ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा रिभर फल्स पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ६४ प्रतिशतले घटेर दुई सय ९९ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसै गरी आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता चार सय ७० रुपैयाँ अन्तिम मूल्यमा १० करोड २६ लाख ८७ हजार सात सय १३ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया