बुधबार, वैशाख १२, २०८१

नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित

नेपालखोज २०८० जेठ २५ गते २१:०५

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरको तयारीमा रहेको नेपाल आज भएको अभ्यास खेलमा स्कटल्याण्डसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा भएको खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १३६ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २९ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

स्कटल्याण्डलाई जिताउन कप्तान रिची बेरिंग्टन र ब्रेन्डन म्याकलुमले नटआउट पारि खेले । बेरिंग्टनले ४१ तथा म्याकलुमले ५९ रनको पारि खेलेका हुन् । यसैगरी नेपालमा गुलसन झाले २ विकेट लिँदा सोमपाल कामीको नाममा एक विकेट रह्यो ।  

पहिला ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा १३५ रनमा अलआउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाउँदा आसिफ शेखले २८ रन बनाए ।

त्यसैगरी कुशल भुर्तेल १६ रनमा आउट हुँदा भीम सार्की ८ रनमा पभेलियन फर्किए । ज्ञानेन्द्र मल्लले ७ रन बनाउँदा आरिफ शेख ५ रनमा आउट भएका थिए ।

यस्तै गुलसन झाले ५ रन मात्रै बनाउँदा करण केसी ४ रनमा नटआउट रहँदा सोमपाल कामीले ३ रन बनाए । स्कटल्यान्डका ब्रेन्डन म्याकलुम र ज्याक जार्विसले तीन तीन विकेट लिए ।  

प्रतिक्रिया