बुधबार, वैशाख १२, २०८१

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

नेपालखोज २०८० जेठ २६ गते ७:४३

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुँदै छ । शुक्रबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले ५ वर्षमा कम्तीमा २ लाख रोजगारी सिर्जना गर्ने गरी व्यावसायिक कृषि, उद्योग र सिपमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउन लागेको हो ।

सरकारले यसअघिका सरकारले ल्याएका दीर्घकालीन महत्त्वका र प्रभावकारी देखिएका योजनालाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया