मंगलबार, वैशाख ११, २०८१

यू–ट्वान्टी फिफा विश्वकप : इटाली र उरुग्वे भिड्ने

नेपालखोज २०८० जेठ २६ गते ८:१७

काठमाडाैं । यू–ट्वान्टी फिफा विश्वकप फुटबलको उपाधिका लागि उरुग्वे र इटालीबीच भिडन्त हुने भएको छ । अर्जेन्टिनामा जारी प्रतियोगिता अन्तर्गत उरुग्वेले इजरायलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा इटालीसँगको भेट पक्का गरेको हो ।

गयराति भएको खेलमा उरुग्वेले दोस्रो हाफमा गरेको गोल नै फाइनल पुग्न पर्याप्त बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उरुग्वेले ६१ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

सोही अग्रता अन्तिम सम्म कायम राख्दै फाइनलमा स्थान बनाउन सफल भयो । उरुग्वे यु २० विश्वकपमा तेस्रो फटक फाइनलमा प्रवेश गरेको हो । इटालीले सेमिफाइनलनमा दक्षिण कोरियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो । फाइनल खेल सोमबार हुने छ ।

प्रतिक्रिया