शनिबार, वैशाख १५, २०८१

शरणार्थी प्रकरणमा आज रायमाझीको तर्फबाट बहस हुँदै

नेपालखोज २०८० जेठ २६ गते ८:२३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट बहस हुँदै छ ।काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज रायमाझीको तर्फबाट बहस हुन लागेकाे हाे ।

आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधबारबाट अभियुक्तहरूको बसह सुरु भएको हो । 
 

प्रतिक्रिया