बिहीबार, चैत १५, २०८०

रेलिगेसन समीकरण आज प्रष्ट हुने

नेपालखोज २०८० जेठ २६ गते १३:००

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत अन्तिम चरणको खेलमा आज ४ खेल हुँदैछन् । २६ औं चरणमा आइपुग्दा लिगबाट रेलिगेसनमा पर्ने टोलीको भने अझै टुंगो लागेको छैन ।

आज दिउँसो ३ बजे हुने दुई खेलले अर्को सिजन तल्लो श्रेणीमा खेल्ने टोलीको टुंगो लगाउने सम्भावना छ । नतिजा अनुसार आज नै झर्ने दुवै टोली छिनोफानो हुन सक्छ । हाल रेलिगेसनबाट बच्ने संघर्षमा ४ टोलीको नाम रहेको छ ।

११ औं स्थानको फ्रेन्ड्सको ३० अंक र १२ औं स्थानमा रहेको थ्री स्टार क्लबको २९ अंक छ । पुछारको दुई स्थानमा रहेका फ्रेन्ड्स र खुमलटारको समान २७/२७ अंक रहेको छ ।

दिउँसो ३ बजे एन्फा कम्पलेक्सको मैदानमा चर्च ब्वाइज युनाइटेड र फुटबल क्लब खुमलटार बीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा चर्च ब्वाइजले जित हासिल गरे खुमलटार रेलिगेसनमा पर्नेछ ।

त्यस्तै सोही समय दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा एपिएफले जित दर्ता गरे फ्रेन्ड्स रेलिगेसनमा पर्नेछ ।

तर यदि खेलमा फ्रेन्ड्स विजयी भएको अवस्थामा भने लिगको छिनोफानो हेड टु हेड नतिजाले लिनुपर्ने हुन्छ । यस्तोमा रेलिगेसनको समीकरण शनिबारसम्म लम्बनेछ ।

आज ३ बजे च्यासल मैदानमा सातदोबाटो र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल तेस्रो स्थानको प्रतिस्पर्धाका लागि महत्त्वपूर्ण रहेको छ । त्यस्तै साँझ ६ बजे आर्मी र शेर्पाबीच पनि अंक तालिकाको माथिल्लो भागमा उक्लन प्रतिस्पर्धा हुनेछ ।

शनिबार साँझ ५:३० बजे थ्री स्टार र जावलाखेल भिड्नेछन् । आजको खेलको नतिजाले भोलीको खेल कतिको महत्त्वपूर्ण हुन्छ भन्ने प्रष्ट हुनेछ ।

आज फ्रेन्ड्स र खुमलटार दुवै पराजित भए थ्री स्टार रेलिगेसनबाट जोगिनेछ । तर दुई मध्य कुनै एक टोलीले पनि जित हासिल गरे अन्तिम खेलमा थ्री स्टारले हार टार्नुपर्ने समिकरण बन्नेछ ।

प्रतिक्रिया