‘ए’ डिभिजन लिग फुटबल : आजबाट सकिँदै

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजवाट लिग सकिन लागेको हो ।
पहिलो पटक ‘ए’ डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगाबै लिग विजेता भइसकेको छ भने मच्छिन्द्र क्लब अंक तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।
जस अनुसार लिगको १४औंदेखि २६औं चरणसम्मको खेल वैशाख १९ देखि सुरु भई आजसम्म हुनेछन् । आज अन्तिम खेल जावालाखेल युथ क्लब र थ्रीस्टारका बीचमा हुनेछ ।
लिग अन्तर्गत आज ३ खेल हुने छन् । दशरथ रंगशालामा २ तथा च्यासल मैदानमा एक खेल हुने छ । दिउँसो २ बजे च्यासल मैदानमा संकटा र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।
२ बजे नै दशरथ रंगशालामा मछिन्द्र र मनाङ मर्स्याङ्दी आमने सामने हुने छन् । यस्तै लिगको अन्तिम खेलको रुपमा जावलाखेल युथ क्लब र थ्रीस्टारबीचमा साँझ साढे ५ बजे खेल सुरुहुने छ ।
प्रतिक्रिया