शुक्रबार, चैत १६, २०८०

ट्रम्प माथिको अभियोग पुष्टि भए २० वर्ष जेल सजाय हुने

नेपालखोज २०८० जेठ २७ गते १०:००

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मार ए लागो कागजात प्रकरण मा ३७ वटा मुद्दाको सामना गर्नुपर्ने भएको छ ।

सङ्घीय अभियोजकहरूले उनलाई गैर कानुनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियोग पुष्टि भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ ।

न्याय विभागले लगाएको अभियोग अनुसार जब ट्रम्पले जनवरी २०२१ मा ह्वाइट हाउस छोडे, त्यो बेला उनले पेन्टागन, सीआईए, राष्ट्रिय सुरक्षा एजेन्सी र अन्य गुप्तचर एजेन्सीहरूबाट गोप्य कागजातहरू लिएर गए ।

फ्लोरिडाको सङ्घीय अदालतमा दायर गरिएको अभियोग अनुसार, ट्रम्पले फ्लोरिडाको मार ए लागोु निवासको क्लबमा ती गोप्य दस्ताबेजहरू असुरक्षित रूपमा राखे, जहाँ उनले नियमित रूपमा हजारौँ पाहुनाहरूसँग ठुला सामाजिक कार्यक्रमहरू आयोजना गर्ने गर्दथे ।

कम्तीमा दुई अवसरहरूमा उनले अमेरिकी सैन्य अपरेसनहरूको कागजातसमेत अरूलाई देखाएका थिए । जबकि बेडमिन्स्टर, न्यू जर्सी गोल्फ क्लबमा उनीहरूलाई देखाउन मिल्दैनथ्यो । तर ट्रम्पले अमेरिकाका भावी योजनाहरूका गोप्य कागजातहरू देखाएर राज्य विरुद्ध अपराध गरेका अभियोग पत्रमा उल्लेख छ ।

अभियोगमा अगाडी भनिएको छ कि,ट्रम्पले लिएर गएका गोप्य कागजातहरूमा संयुक्त राज्य अमेरिका र विदेशी रक्षा नीति र हतियार क्षमताहरू,संयुक्त राज्यको आणविक कार्यक्रम, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको सैन्य आक्रमणको सम्भावित कमजोरीहरू र प्रतिक्रियामा सम्भावित प्रतिशोधको योजनाहरू समावेश छन्।

सो कागजातहरूमा विदेश आक्रमणका योजनाहरू पनि समावेश रहेका छन् । अभियोगमा भनिएको छ,‘यी गोप्य कागजातहरूको अनाधिकृत खुलासाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिममा पार्न सक्छ ।’

जसका कारणा ट्रम्पमाथि राष्ट्रिय प्रतिरक्षा सूचना जानीजानी लुकाउने, न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र लुकाउने र गलत बयान दिनेलगायत ३७ वटा मुद्दामा अभियोग लगाइएको छ ।

न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले दायर गरेको आरोपमा प्रत्येक गणनामा २० वर्षसम्मको जेल सजायको माग गरिएको छ । यसै गरी,ट्रम्पका सहयोगी वाल्ट नाउटामाथि ट्रम्पलाई कागजात लुकाउन सहयोग गरेको ६ वटा आरोप लगाइएको छ ।

प्रतिक्रिया