बिहीबार, वैशाख १३, २०८१

संघीय सरकारको सञ्चितकोष ८८ अर्ब घाटामा

नेपालखोज २०८० जेठ २७ गते ११:५७

काठमाडौं । खर्च र स्रोत संकलनबीचको खाडल बढ्दै जाँदा सरकार ओभरड्राफ्ट लिनुपर्ने अवस्थामा पुग्न लागेको छ ।

लक्ष्यभन्दा धेरै कम राजस्व संकलन र बाहृय ऋण अपेक्षाकृत रुपमा आउन नसक्दा सरकारी वित्तमाथिको दबाब बढ्दै गएको नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तमा संघीय सरकारको सञ्चित कोष घाटा ८८ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

गत आब २०७८/७९ को यही अवधिमा एक खर्ब ४ अर्ब २० करोडले बचतमा रहेको सरकारको सञ्चित कोष चालु आर्थिक वर्षमा भने सुरुदेखि नै दबाबमा छ ।

चालु आबको वैशाखसम्मको तथ्यांक

सरकारको सञ्चित कोष : ४५ अर्ब ३८ करोड ऋणात्मक

संघीय सरकारको सञ्चित कोष : ८८ अर्ब ३५ करोड ऋणात्मक

प्रदेश सरकारको सञ्चित कोष : ३३ अर्ब ८ करोड बचत

स्थानीय तहको सञ्चित कोष : १० अर्ब ३१ करोड बचत

आर्थिक वर्ष २०७८/७९ सम्मको सरकारी कोष बचत : २ खर्ब २५ अर्ब ८० करोड

२०८० वैशाखमा सरकारी कोष बचत : १ खर्ब ८० अर्ब ४२ करोड

स्रोत : नेपाल राष्ट्र बैंक

प्रतिक्रिया