आइतबार, जेठ ६, २०८१

यी ५ बानीले हड्डीलाई हानि पुर्याउँछ

नेपालखोज २०८० जेठ २९ गते ६:३९

बढ्दो उमेरसँगै हड्डी कमजोर हुन थाल्छ । यद्यपि खराब जीवनशैली र स्ट्रीट फूडका कारण समयअघि नै हड्डी कमजोर हुन थाल्छ । जसका कारण स – साना बालबालिका पनि हड्डी रोगको सिकार बन्न थालेका छन् । मानिसहरुले यसलाई बेवास्ता गर्छन् जसका कारण पछि यो गम्भीर समस्या बन्छ । त्यसैले यी समस्यालाई प्रारम्भिक चरण मै नियन्त्रण गर्नुपर्छ। हाम्रो कुन बानीले हड्डीलाई हानि पुर्‍याउँछ हेरौं :

१. अधिक नुन खाने बानि : आफ्नो आहारमा जति धेरै नुन खाइन्छ त्यति नै चाँडो शरीरमा क्याल्सियमको मात्रा घट्न थाल्छ। स्वस्थ हड्डीका लागि क्याल्सियमको सेवन सामान्य हुनुपर्छ। स्ट्रीट फूडमा नुनको मात्रा बढी हुन्छ । सन्तुलनमा मात्र नुन खानुपर्छ ।

२. प्रोटिन बढी खाने : हामीलाई लाग्छ बढि प्रोटिनको सेवनले शरीर स्वस्थ रहन्छ । यद्यपि प्रोटिनको अत्यधिक सेवनले हड्डी कमजोर हुन थाल्छ र दुखाइको समस्या बढ्न थाल्छ । त्यसैले प्रोटिन सिमित मात्रामा लिनुपर्छ ।

३ . धुम्रपानले नराम्रो असर गर्छ : धुम्रपान हड्डी सहित समग्र स्वास्थ्यका लागि हानिकारक छ। यसले हड्डी भाँचिने सम्भावना बढाउँछ र हड्डीलाइ खोक्रो बनाउँछ। त्यसैले कुनै पनि प्रकारको धुम्रपानबाट टाढा रहनुपर्छ ।

४ . कम तौल हुनु : तौल बढी हुनु पनि समस्या हो । यसले हड्डीलाई असर गर्छ। कम तौलले ओस्टियोपोरोसिसको सम्भावना बढाउँछ। यसले हड्डी झर्ने सम्भावना बढछ र हड्डीसँग सम्बन्धित अन्य रोगहरूको जोखिम पनि हुन सक्छ।

५ . शारीरिक गतिविधिको कमी : एकै ठाउँमा बसेर काम गर्दा हड्डीलाई असर गर्छ । त्यसैले शारीरिक क्रियाकलाप गरिरहनुपर्छ । समय-समयमा हिँडनु , लिफ्टको सट्टा सिँढीको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले हड्डी लाइ बलियो राख्छ।

प्रतिक्रिया