आइतबार, जेठ ६, २०८१

फोक्सो क्यान्सरको नयाँ औषधि

नेपालखोज २०८० जेठ ३० गते ८:४६

काठमाडाैं । वैज्ञानिकहरूले फोक्सोको क्यान्सरबाट हुने मृत्युलाई ५० प्रतिशतसम्म घटाउने दाबी गर्ने औषधि विकास गरेका छन् । एक अनुसन्धान अनुसार एक प्रकारको फोक्सोको क्यान्सरमा बिरामीबाट शल्यक्रिया गरेर ट्युमर हटाइयो र हरेक दिन यो नयाँ चक्की खाँदा मृत्युको जोखिम आधा घट्यो ।

अनुसन्धानको नतिजा शिकागोमा भएको अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी ९एएससीओ० को वार्षिक बैठकमा प्रस्तुत गरिएको थियो ।

फोक्सोको क्यान्सर विश्वभर मृत्युको प्रमुख कारण हो । एक अनुमान अनुसार विश्वभर हरेक वर्ष १८ लाख मानिस फोक्सोको क्यान्सरबाट मर्छन् । एस्ट्राजेनेकाले ओसिमर्टिनिब नामक औषधि तयार गरेको छ । कम्पनीले यसलाई टगरिस्सो नामबाट मार्केटिङ गरिरहेको छ ।

यो औषधिले विशेष प्रकारको फोक्सोको क्यान्सरलाई लक्षित गर्छ । औषधिले फोक्सोको क्यान्सर जस्ता गैर-सानो सेल क्यान्सरलाई लक्षित गर्छ । यो क्यान्सरको सबैभन्दा सामान्य प्रकार हो र यसले मानव शरीरमा महत्त्वपूर्ण परिवर्तनहरू निम्त्याउँछ ।

नयाँ औषधि २० भन्दा बढी देशका ६८० व्यक्तिमा परीक्षण गरिएको थियो जो रोगको प्रारम्भिक चरणमा थिए । नतिजा अनुसार यो औषधि प्रयोग गर्नेहरुमा मृत्युको जोखिम ५१ प्रतिशतले घटेको छ । ओसिमर्टिनिब दिइएका कुल ८८ प्रतिशत बिरामी यसको प्रयोगको पाँच वर्षसम्म जीवित थिए ।

अमेरिकाको येल युनिभर्सिटीका रोय हर्बस्टले यो उपचार विधिका बारेमा भनेका छन् । यो निकै प्रभावकारी प्रक्रिया हो, यो औषधिले क्यान्सरलाई मस्तिष्क, कलेजो र हड्डीमा फैलिनबाट जोगाउँछ । AFP

प्रतिक्रिया